Skip to content


अङ्कमाल गर्नैपर्छ बनाऊ मुटु दह्रो
विषाक्त छ मुटु भने छनाऊ मुटु दह्रो

प्राप्त हुन्छ महामान प्रगतिको पथमा
प्रवाह छ रक्त संचार तनाऊ मुटु दह्रो

जीवनको धरातल छैन दीनहीन
उच्च जीव समाहित जनाऊ मुटु दह्रो

बगेको छ प्रेमरस नदी बग्दासरी
प्रेमजाल सागर छ खनाऊ मुटु दह्रो

अन्धकार सारा संसार प्रेमज्योति विना
प्रेमज्योति हीरामोती पनाऊ१ मुटु दह्रो

१ पनाबाट पनाऊ (विशेष गुणी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *