Skip to content


वसिष्ठवृक्षको वल्लि निम्बार्कतरुमा पुगी ।
फूलेका फूलको वास्ना मग्मगायो जगत्भरि ।।

झुम्मिदा पुतली मौरी कठ्यौरी भँमरा त्यहीँ
उडी परागका राग चुहे अमृतविन्दु नि ।।
वराहहरिका क्षेत्र प्राचीन हरिद्वार र
अमृतकुम्भ राधा र कृष्णका श्रेष्ठ मन्दिर ।।

कोकाकोशी किनारैमा बलरामेश्वर शिव-
स्थापनादि कयौं कार्य गर्दै रुद्राक्षपर्वत-
प्रमाण साथ देखाई अमृतसार तत्वका-
पिण्डेश्वर महादेव वराहक्षेत्र आदिका

अर्वाचीन र प्राचीन कयौं प्रमाणदिकन-
प्रारम्भ कुम्भमेलाको गरी अक्षुण्ण राखन-
सुमेरु तुल्य औ दीगो बन्यो कुम्भ धरोहर
देशको गरिमा माथि माथि पुग्ला निरन्तर ।।

पुरातात्त्विक धार्मिक श्रीपुराणैतिहासिक –
उधिनेर कयौं शास्त्र पारिदिँदा उजागर
कयौं काल अघिदेखि भूतप्रेतादिको थलो
यसरी चिनियो ऐले चतरा पुण्यधाम यो ।।

अध्यात्मभक्तिका साथ राष्ट्रभक्ति चिनाउदै
हरिका नामको मुख्य तत्वबोध गराउदै
कलिका मानव तार्ने हरिनाम डुँगा सरि-
अर्को छैन कुनै भन्दै डुल्दाखेरि जहींतहीं ।।

श्रीराधाकृष्णका नाम-रामनाम प्रभावको-
देशविदेशमा वास्ना सुगन्धीराग फैलियो
यसोरी झाँगिदै जाँदा पालुवा कलिलै तर
जगद्गुरुउपाधिले भयो वल्लि विभूषित ।।

– इनरुवा -९, सुनसरी ।

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *