Skip to content

तीन मुक्तक (रामकाजी कोने)

  • by


१. जिन्दगीको धूप बिर्साउने छहारी छायाको
बयान कसरी गरूँ म त्यो कोमल कायाको
होलान् कति कति मर्ने त्यो रूपमा ए हजुर –
पहिलो सहिद बनाऊ बिन्ती मलाई तिम्रो मायाको ।

२. छैन उज्यालो मसँग जिन्दगी पनि कालो कालो
मन दुख्दा र्झछ आँसु त्यो पनि कालो कालो
परेलीमा अँध्यारोकै बास भएर हो कि –
देख्न त देख्छु सपना त्यो पनि कालो कालो ।

३. कोही पहिचानका खातिर आफ्नै तस्बिर कोर्दै थिएँ
कोही वरदानका खातिर ईश्वर र मन्दिर खोज्दै थिएँ
मिहिनेतीहरू पसिनाको मसीले भाग्य लेखिरहँदा –
अल्छीहरू भावीसँग आफ्नै भाग्य सोध्दै थिएँ ।

– महाराजगञ्ज ४, काठमाडौँ

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *