Skip to content


विषाक्तका पाथीहरू चुलिदैछन् धेर
गरिएका गल्तीहरू भुलिदैछन् धेर

पृथिवीको शयनमा झुल्नै पर्छ झुल
अग्रगामी बाटो छोडी डुलिदैछन् धेर

आउने जाने कर्म थलो बास केही दिन
यै बासमा भ्रष्टपन्थी हुलिदैछन् धेर

जन्मनु हो सार्थकता कर्तव्यको बोध
अकर्मण्य फूलहरू फुलिदैछन् धेर

आए पछि जाने सम्म कर्म बोधी बनौँ
यथार्थता हीनतामा झुलिदैछन् धेर

Leave a Reply

Your email address will not be published. Required fields are marked *