सवाल – मिथिला प्याकुरेल “मिथ्या”
कहाँ खोज्छौ मलाई तिम्रै आसपासमै छु म
छोएर हेर तिम्रै वरपर बग्दो बतासमा छु म
छाम्न सक्छौ, छु तिम्रै दिलमा, हेर आँखाभरि
कहाँ भेट्छौ मलाई, तिमीले फेर्ने हर सासमा छु म
जहाँ पुकार्छौ मनले तिमी त्यहीँ हुन्छु म
जूनमा छु, तारामा छु, साँच्चै सिंगो आकाशमा छु म
सुखमा छु, दुःखमा छु, छु तिम्रो हरेक भोगाइमा
आँटोमा छु, पीठोमा छु तिम्रो हरेक गाँसमा छु म
वनमा छु, छु उकाली ओरालीका तिम्रा सुसेलीहरूमा
पहाडमा छु, खोलीमा छु, पलाँस अनि गुराँसमा छु म
जवाफ – रामकृष्ण पौडेल “अनयास”
मेरो आँसुलाई सोधी हेर कहाँ खोजिन र मैले
मनलाई तनलाई बतासलाई कहाँ सोधिन र मैले
बतासमा बग्ने लाई कहाँ खोजौ दिलभित्र
भेट्छु कतै छौ कि भन्दै सासै रोकिन र मैले
साँझमा छु रातमा छु पर्खिएर वनपाखामा
भीरमा फुलिछौ कि भन्दै पहाड रोजिन र मैले
जुन आकाश तारा किने तिमी छौ कि भन्दै आज
सिँङ्गो आकाशभित्र खोज्न किन सोचिन र मैले
हाँसो खुशी दिन्छौ भने तिम्रो काखमा बाँच्न पाउँ
गास बास जवानीका चाहा जोरिन र मैले
गजलकुन्ज, चितवन
