मान्छेमा मान्छे हुन्छ चोट नदेऊ
ऊ अति भएपछि रुन्छ चोट नदेऊ
सक्छौ भने फूल बन पत्थरसँग
अलकत्र तेलले धुन्छ चोट नदेऊ
नहेप आँशु सागर बनेर घेर्छ
सियोले झोला बुन्छ चोट नदेऊ
तताऊ त आगोले खोला र नाला
उर्लेर सगर छुन्छ चोट नदेऊ
किन पो सुन्नु कान थापेर बोली
मनले हेरेर सुन्छ चोट नदेऊ
एउटा पुरानो गजल डायरीबाट
समय मिलेको बेला : www.spandansahitya.com
