भनिन्छ तरबार र कलमको लडाइँमा अन्तिम जित कलमको हुन्छ तथापी हामीले हाम्रा ईतिहांसहरू पल्टाएर हेर्दा कर्यौ पटक कलमलाई तरवारले काटिदिएको उदाहरण पाउन सकिन्छ । १०४ वर्षको राणा शासन होस वा निरंकुस पंचायती व्यवस्था, कलमहरू हारेको कथाले कुनै आश्चर्य भएन, यहाँ त प्रजातन्त्र, गणतन्त्र अनि लोकतन्त्रको नारा लगाएर पनि कलमभन्दा तरवार बलियो भएको ताजा उदाहरण हो पत्रकारहरू माथि नियमित हुने सांघातिक हमला, तथा हत्या । आशा गरौं भविष्यमा पत्रकारहरूले पनि लेख्नुपूर्व सत्यतथ्य खोजी गरौ अनि अपराधीहरूलाई सरकारले पनि दण्ड सजाय दिन सक्ने लोकतान्त्रिक संविधान दिन सकोस, सबै पक्षलाई मेरो अग्रिम शुभकामना ।
पाठकहरूलाई आम नागरिकका साझा सरोकारको विषय लिएर केही बहस गरौं र यहाँहरूको सल्लाह सुझाबको अनुसरण गर्दै अधि बढौ भन्ने मेरो अभिप्रायहो । यसै सन्दर्भमा आजको विषय लिएको छु नेपालीको बानी चेन्ज, झ्वाट्ट सुन्दा कुनै बस्तुको बिज्ञापन जस्तो लाग्ने यो तीन शब्द भित्र अनगिन्ती परिभाषाहरू लुकेकाछन् । त्यस्तै तीन साढे तीन साल अगाडिको कुरा होला, म काठमाण्डौ काम विशेषले जान भनेर हिडेको १ दिनको बसको बाटो ठ्याक्कै तीन दिन लाग्यो । कतै बाटो भत्केको पनि होइन, न त डिजलको हाहाकार नै थियो । अंश नमिलेको निहुंमा एक घरको झगडा सडकमा आएको थियो अनि राजमार्ग बन्द, बिथ्थामा म जस्ता कयौं यात्री अलपत्र परे बाटोमा । त्यो भीडमा मेरो एउटा लाहुरेसँग भेट भएको थियो जो १२ वर्ष दुवई बसेर घर फर्केका रहेछन् ।
बन्दको दौरान बाटोको बासमा लाहुरे आप्mनो कथा यसरी सुरु गर्छन, “के गर्ने गाउँमा सारै दुख थियो खान, लाउन | सानु छदा बा आमाले पढ्न जा भनेर कराको पनि झर्को लाग्थ्यो, आपूm त गाउँका केटाकेटी जम्मा गरेर बिगो गर्न हिंडीन्थ्यो कहिले कस्को बारीको तरकारी टिपेर बेचिदिने, कहिले अरुको बस्तु फूकाएर छाडिदिने, कहिले पैसा लिएर अरुको काम गरिदिने गर्दागर्दै पैसा खेलाउने बानी भयो, बा आमाले छोरो बिग्रिने भो भनेर पल्लो टोल कि निर्मलासँग बिहे गरिदिए । बिहेपछि बालबच्चा पनि भए तर भर पर्र्दाे आम्दानीको बाटो भएन । निर्मलाको सल्लाहमा म काठमाण्डौ आएँ कमाउन भनेर, पहिलो पटक काठ्माण्डौ आएको कसैसँग चिनाजानी थिएन, गोजीमा पैसा भएसम्म त किनेर खाईयो पैसा सकिएको दिन खाजा खाएको होटलको साउनीलाई सबै बेलिबिस्तार गरे, तीनीलाई म माथि दया आएर होला उनको भाइ नाता पर्ने एउटा भुस्तीग्रेको संगत लगाइ दिइन्, बुझ्दै जांदा थाहा भयो म त काठमाण्डौको एउटा डन कै मान्छे भएछु । पैसाको लागि मैले नगर्ने केही काम थिएन त्यो समयमा, यस्ता बन्द हडताल त इसारामा गरथ्यौं । कहिले कांहि घर जांदा रामै्र पैसा हुन्थो मसँग श्रीमतीको हातमा थमाइदिन । तर म भन्न सक्दिनथे उनलाई कि म के काम गरिरहेछु भनेर ।
हरेक दिन मलाई पुलिसको फन्दामा परिएला र परिवारले थाहा पाउला भन्ने डर हुन्थ्यो, त्यसैले म पेशा परिवर्तन गर्न चाहन्थे । एक दिन साथीको मद्धतले एउटा मेनपावर कम्पनीमा राम्रो चिनाजानी भयो र सो कम्पनीको सहयोगमा मैले आप्mनो देश छोडेर दुबइतिर लागे । तीन वर्ष त घर तीरको खवर पनि पाईएन, त्यति बेला आजको जस्तो मोबाईल र इन्छरनेटको चलन थिएन, हुलाकिले पुरा ठेगाना पाएपछि मात्र चीठी ल्याउँथ्यो । जब तीन वर्ष पछि आप्mना परिवारहरूलाई भेट्रे हामी सबै खुसीले रमायौ, मानौ हाम्रो घरमा दशै नै आएको भैm भएको थियो । बामे सर्ने छोरो पनि टुकुटुकु हिेंडेर अनेक कुरा सोध्ने भएछ तीन वर्षमा, छोरी पनि गाउँको विद्यालयमा २ कक्षा पढ्ने भइसकेकि थिई, बा बिती सक्नु भएछ । दुई चार महिना बसेपछि म बिदामा आएको र फेरि जानुपर्ने कुरा घरमा रांखे, मेरो कुरामा सहमती जनाउने कोही थिएन, देशमा चलिरहेको द्धन्दका कारण आखिर मैले यहाँ बसेर गर्न सक्ने उपलब्धी पनि केही थिएन, अन्तमा सबैलाई फकाएर हरेक साल एक पटक आउने बाचा गर्दै म फर्किए यस्तै क्रमले मैले जिन्दगीको १२ वर्ष दुवइमा बिताएर अब सधैको लागि नेपाल फर्किएकोछु । सुन्दैछु देशमा लोकतान्त्रिक संविधानको तयारी हुंदैछरे, अब त केही गरेर खान सकिन्छ कि?”
मलाई लाहुरे दाइको कथाको मध्यान्तरका कुराहरू जान्न मन लागेर सोधे,”अनि तपाईं दुबईमा के गरेर बस्नुभयो त दाइ?” मेरो प्रश्न खस्न नपाउँदै उनको जवाफ यसरी शुरु हुन्छ, “ यहाँ जस्तो कहां हो र नानी त्यहाँ, यहाँ जस्तै बदमास भएपनि दुबई पुगेपछि सबै नेपालीको बानी फेरिन्छ, त्यहाँको कानून नै सारै कडा, बिगो अनुसारको सजाय, मलाई हेनोर्स न, म यहाँको नामुद बदमास त्यो समयको, तर त्यहाँ पुगेर साधु भएँ, शुरुका दिनमा एउटा बेकरीमा सहायक भएर बसें, पहिल्यै एउटा नेपाली त्यहाँ रहेछ र भारतीयहरू पनि भएकोले त्यहाँको भाषा नजान्दा पनि मेरो काम चल्यो, बिस्तारै कामसँगै भाषा सिक्रेे, अनि बेकरी डेलिभरी ब्वाइ भएर काम गरें, बिहान ३ बजे उठेर भ्यानमा हालेको बेकरी दिनभरि डेलिभरी गर्दै राती त्यही आइपुग्नु पर्ने थियो, मैले त्यो समयमा अँझ बढी कमाउन ड्राइभरि पनि सिक्रे र ड्राइभर र बेकरी ब्वाइको डबल पैसा कमाउन थालें ।”
पाठक बृन्द, मेरो निश्कर्ष केहो भने त्यो लाहुरे त्यही नेपाली हो जो नेपालमा छंदा कानून आप्mनो हातमा लिएर हिंड्ने अनि बिदेशमा स्वाभिमानी नेपालीहरू इमान्दार हुन्छन भन्ने परिभाषा दिने । आज पनि यी लाहुरेदाइ जस्ता थुपै्र हामी नेपाली छौं जो आप्mनो पैसा, पावर, पोजीसनको आडमा आप्mनै आमाका सन्तानहरू माझ अशान्ति मचाइृरहेका छौं र बदलामा बिदेशीहरूले चलखेलको अवसर पाइरहेकोछ । यो नेपालीको बानी चेन्ज गर्ने कुरा नेपाल बाहिर मात्र किन? एक पटक नेपाल भित्र नै हरेक नेपालीले बानी चेन्ज गरी हेर्ने कि?
के छ यहाँहरूको प्रतिक्रीया ?
Sajha Kura National Daily (27th July 2011) 11 Srawan 2068

वास्तवमा मनु जी ले भने जस्तो
वास्तवमा मनु जी ले भने जस्तो नेपालीहरुले आफ़्नो बानी चेन्ज गर्ने हो भने नेपाललाई पनि विश्वको अन्य देश सित तुलना गर्न सकिन्थ्यो होला । आखिरि नेपाली तिनै हुन तर नेपालमा र बिदेशमा नेपालीले गर्ने स्वभावमा परिवर्तन हुनुको प्रमुख कारण नेपालको फ़ितलो कानून पो हो कि ?