Skip to content


ऊ आशीर्वाद सम्झेर थापिरहेछ
थाहा छैन उसैलाई सरापिरहेछ

खुब फस्टाएको छ प्रेमको व्यापार आजकल
कतै जोखिरहेछ, कतै नापिरहेछ

के जाडो के गर्मी, हर मौसममा उसले
जिन्दगी जलाएर आगो तापिरहेछ
सुखसँग त सधैं मन–मुटाव भइरहन्छ
लाग्छ उसलाई दुःख नै फापिरहेछ

चिन्दैन आफ्नै हृदयले पनि उसलाई
अनुहारमा अनुहारहरू खापिरहेछ

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *