Skip to content


नदेखौं क्यारे सपना अब नयाँ आवासको
निकट छ जब भविष्य मेरो बनवासको

थचारिनु परेपछि धर्तीमा नराम्रोसित फेरि
किन देख्नुपर्‍यो सपना त्यो मुक्त आकाशको

पूरा हुन नपाउँदै तिम्रो त्यो आश्वासन
सुक्दैछ हेर, नदी यो मेरो विश्वासको

के ठान्लान् कुन्नि हाम्रा सन्ततिहरूले पनि
खुल्नेछ पोल जब भोलि झूठो इतिहासको

जता हेर्‍यो उतै म देख्छु छाएको उदासी
सुनाए हुन्थ्यो गीत आज कसैले उल्लासको

गर्जेको देख्ता अनाहक यो सुनसान रातमा
नियत ठीक लाग्दैन मलाई त्यो आकाशको!

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *