Skip to content

भित्तामा मर्नेहरूको तस्वीर

  • by
AmritSubediGuras


भित्तामा मर्नेहरूको तस्वीर झुण्ड्याइन्छ
अनि देशको गौरव इतिहास पढाइन्छ

यो यस्तो कृषिप्रधान देश हो कि जहाँ
कुटो-कुदालोभन्दा धेरै मसाल समाइन्छ

मुख्य कार्यालयहरूमा लेखियोस् कि बरु
यहाँ मात्र विकासका योजना बनाइन्छ

बोलेर देश चलाउनेवाट धम्की आएको छ
अब लेख्नेहरूको पनि अस्तित्व मेटाइन्छ

साना नानीहरूलाई एकाबिहानै झोलामा
ठूलो भविष्य वोकाएर स्कुल पठाइन्छ

किसानका नेतालाई यति त थाहा होस्
कुन समयमा कुन बाली लगाइन्छ

मेरा प्राय मित्रलाई थाहा छ यो गुराँस
साँझ परेछि कहाँ कुन भट्टीमा पाइन्छ

अमृत सुबेदी गुराँस, तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *