Skip to content


तिम्रो चुरा बजेपछि मेरो निन्द्रा खुल्यो सानु
आकर्षक शरीरले मेरो मन डुल्यो सानु

मान्छे हेर कति छुचो आँखा तानी तानी हेर्छ
दर्शनमा विह्वोल यो मन मेरो झुल्यो सानु

आकाशका ताराहरू टिम टिम टल्के सरी
मोती दन्त तारासरी रूप साह्रै तुल्यो सानु

भावनाको लहरमा कति बगी बगी बस्ने
प्रेम दान महादान ऋण सबै सुल्यो सानु

तिमी मेरी मत तिम्रो सम्झनाको रोग छोडौं
रोगी भोगी मिले पछि सबै दुःखै भूल्यो सानु

सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *