Skip to content

अझै फेरि बिद्रोहको राँको


अझै फेरि बिद्रोहको राँको बाल्नु पर्छ
एउटा ठोस निर्णयको कदम चाल्नु पर्छ ।

दिनानु दिन महंगीले घाँटी थिची मार्दा यहाँ
अत्याचारी ज्यानमारा यो सरकार ढाल्नु पर्छ ।

सत्ता भत्ता पचाएर सदन छाडी नेता
पुरानै त्यो संबिधानलाई अब टाल्नु पर्छ ।

झुटो वाचा खाँदै आश, देखाउनेलाई आज
सबै जनता लाठी बोकी कुट्दै गाल्नु पर्छ ।

रामकृष्ण पौडेल”अनयास”
गजलकुन्ज

1 thought on “अझै फेरि बिद्रोहको राँको”

Leave a Reply

Your email address will not be published. Required fields are marked *