Skip to content

मेरो सोझो मन खारेर गयो


मेरो सोझो मन खारेर गयो
चोखो मुटु चाहारेर गयो

जहाँबाट आयो ऊ त्यही बाटो
पछि-पछि पाइला सारेर गयो

मलाई माया गर्छ वा गर्दैन
नभनी दोधार पारेर गयो

अनौठो यो मोहनी हररात
निद्राको ढोका उघारेर गयो

खोजेर गएँ उसैलाई भेट्न
ऊ त काँडेतार बारेर गयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *