Skip to content

चुनाब हुदैछ शहरमा? (गजल)


ठुलै तनाब हुदैछ शहरमा
साच्चै चुनाब हुदैछ शहरमा?

सबै त पिडित मात्रै देख्छु
कस्लाई लाभ हुदैछ शहरमा?

खुट्टा तानातान एकअर्काको
हेर! हानाथाप हुदैछ शहरमा

निर्जलले सबै बुझेको छ
कसरी दबाब हुदैछ शहरमा

ठुलै तनाब हुदैछ शहरमा
साच्चै चुनाब हुदैछ शहरमा?

Leave a Reply

Your email address will not be published. Required fields are marked *