किन किन यस्तो लाग्छ जिन्दगी दुई दिनको
चिनजान आजै गरौं भेटघाट एकै छिनको
जिन्दगी दुई दिनको भेटघाट एकै छिनको
कर्कलाको पानी सरी मानिसको चोला
कहिले पनि भरिंदैन चाहनाको झोला
हेराहेर तिम्रो मेरो धेरै पल्ट भैगो
चिनजान आजै गरौं भेटघाट एकै छिनको
कसलाई थाहा कहाँ डुब्छ जिन्दगीको डोका
कुराकानी गरौं हामी आज रैछ मौका
देखादेख तिम्रो मेरो धेरैपल्ट भैगो
चिनजान आजै गरौं भेटघाट एकै छिनको
शब्द – शंकर प्रेरणा
स्वर – इना श्रेष्ठ
सङ्गीत – बुलु मुकारुङ्ग
