Skip to content

संयोग र वियोगको मेल


संयोग र वियोगको, मेल हो कि जीवन
सुकिहाल्ने वर्षातको, भेल हो कि जीवन

मरी मरी दुख गर्यो, सुख शान्ति छैन
बाध्यता र विवशताको, नेल हो कि जीवन

गर्न पनि नसकिने, हेरी छाड्न भेन
बन्धन र व्यवधानको, जेल हो कि जीवन

यता टाल्यो उता टाल्यो, जताततै प्वाल
समय र नियतिको, खेल हो कि जीवन

घाम सोचे पानी पर्ने, दिन सोचे रात
प्रकृति र विधाताको, झेल हो कि जीवन

कोमल भट्ट, नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका
१९ कार्तिक, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *