खुशीको भेल बगेर गयो बालुवा बाँकी छ
रहरका रुखै काटियो सानो बिरुवा बाँकी छ
तिमी त भयौ खरायो जस्तो उफ्रेर काँ पुग्यौ
म अनि उस्तै बिचरा एक कछुवा बाँकी छ
तिम्रो त्यो माया सिमल भुवा रहेछ के थाहा
आज न मेरा सपना रहे न भुवा बाँकी छ
मायाको मात पियायौ यस्तो बसाई मुटुमा
सुटुक्कै आज अर्कैको भयौ भतुवा बाँकी छ
साथी खै भनी चौतारी अनि हावाले सोध्लान
भन्दिनु एक ‘घायल’जस्तै बटुवा बाँकी छ !
गुप्तेश्वर-३,रामेछाप
हाल:अबुधाबी,संयुक्त अरब इमिरेट्स
