नसोध यो दिलभित्र,घाउ कति छन् ।
रहरलाई कुचल्ने ती,पाउ कति छन् ।
हिसाब गरी तौलिन्छन,आफ्नैले यहाँँ
झुक्याउन मानिसलाई,दाउ कति छन् ।
किन्छन् बिक्छन् सबैथोक,रहँदैन केही
गनिसाध्ये छैन यहाँ,साहु कति छन् ।
मानिसका सपनालाई,सपार्ने र बिगारने
वरिपरि हिँडिरहने,शनि राहु कति छन् ।
जनिँदैन बुझिँदैन,कसैलाई पनि यहाँ
मै ठुलो हुँ भन्नेहरूको,भाउ कति छन् ।
रन्जना न्यौपाने
चरीकोट,दोलखा
