माया लाएँ तिमीसँग कत्रो हौसलाले
छाँगाबाट खसे झैं भए तिम्रो फैसलाले
फूलजस्तो मेरो माया दाँज्यौ खेलौनामा
दिन बित्छ नैराश्यमा रात बिलौनामा
फलोस् फुलोस् तिम्रो जीवन शुभकामनाले
छाँगाबाट खसे झैं भए तिम्रो फैसलाले
माया मारी गयौ तिमी सानो घटनामा
चोट थपी दियौ आज आलवेदनामा
भलो होस् सोचें तिम्रो निम्ति सदभावनाले
छाँगाबाट खसे झैं भए तिम्रो फैसलाले
शब्द – शंकर प्रेरणा
स्वर – मीरा राणा
संगीत – चन्द्रराज शर्मा