Skip to content

आमाको आँखामा आँसु

NabarajBudha-NabinUdasi


आमाको आँखामा आँसु, झारिन्छन कतिञ्जेल ?
बिदेशमा नेपालीहरू सधैं, मारिन्छन कतिञ्जेल ?

पलायन रोकिएन स्वदेशमै रोजगारी भएन भने,
दलालीबाट अँझै अलपत्र, पारिन्छन कतिञ्जेल ?

पैसाको मुठा हुन्छ भनी, राम्रो कमाई हुन्छ भनी,
चेलिबेटीलाई समुद्रापारि, तारिन्छन कतिञ्जेल ?

गाउँघर सबै शुन्य बनाई युवा जति मुग्लानतिर,
विवशताले युवाशक्तिहरू, सारिन्छन कतिञ्जेल?

बिना कामका पार्टी नेताहरू सोचिएन भने बेलैमा,
विकासको बाटोमा अँझै पछि, हारिन्छन कतिञ्जेल?

बुढागाउँ, रोल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *