जीवन भनूँ त घात छ मृत्यु भनूँ त सास छ
दोधारमा बाँचूँ कति हर गीतमा चित्कार छ, चित्कार छ
न बास छ न आश छ मान्छेहरूकै त्रास छ
जहाँ म खोज्छु उठुँ भनेर त्यही असारे भास छ
अँध्यारो छ ओरालो छ खेद्नेहरूकै लाम छ
चर्किसके चाहना सबै दुख्ने मुटु चाहि बाँकी छ
स्वर, संगीत – भक्तराज आचार्य
