Skip to content


यहाँ उन्नतिका ढोका
चारैतिर खुला रहुन ।
पौरखीहरुका हात
निर्माणमा जुटिरहुन ।।

टाढा जानेहरू आउन
मातृभूमि सजाउन ।
पसिना यहीं पोखेर
जिन्दगी यो हँसाउन ।।

राष्ट्रघाती सबै झार
उखेली फाल्नु पर्दछ ।
सम्पूर्ण जातका फूल
मस्तभै हाँस्नु पर्दछ ।।

सुख र शान्ति वर्षाई
नेपाली घर आँगन ।
नयाँ वर्ष यहाँ आओस्
उज्यालो पारी जीवन ।।

कवि पित्ताम्बर नेपाली
पोखरा
२९ चैत्र २०७३
(कवि जनप्रिय बहुमुखी कलेजपोखराका पूर्व क्याम्पस प्रमुख हुन।)

3 thoughts on “नयाँ वर्ष”

  1. मित्र यसलाइ कसरी गद्य कविता
    मित्र यसलाइ कसरी गद्य कविता भन्नु भो । भुल्नु भो होला । कविता सुन्दर छ । तर गद्य हैन पद्यमा छ अनुष्टुप छन्दमा पो देखिन्छ त ।

  2. निब नमस्कार यो कसरी गद्य
    निब नमस्कार यो कसरी गद्य कविता भयाे र । अनुष्टुप छन्द देखिन्छ त ।

    1. सच्याइएको छ, होम सर । धन्यवाद
      सच्याइएको छ, होम सर । धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *