Skip to content

तिमी, म र समय

जब बसन्त आउछ मुना हरु पलौन थाल्छन कोइली कु कु गर्न थाल्छे अनी मलाई तिम्रो त्यो सुन्दर अनुहार र मिठो स्वोर को याद आउछ|बिस्तारै बसन्त सकिदै र ग्रिस्म सुरु हुन्छ अनी फेरी त्यो चोउतारी मा घन्टौ सम्म तिम्रो काख्मा टाउको राखी बाचागर्दै बितायेका दिनहरुको यादले सताउछ|तिमीले सर्माउदै घरी घरी झुकेर चुमेका सम्झना हरुले रोमान्चक बनाउछ|ग्रिस्म सकिदा नसकिदै फेरी बर्षा सुरु हुन्छ अनी बर्सातीको बहानामा निथ्रुकै भिजेको शरीर एक अर्का मा टासिदा चिर चिर पसिना आयेझै लाग्ने अनी ती स्याउका दाना जस्ता गालाहुदै तिम्रो शरीर को अंग अंग स्प्र्स गर्दै बग्ने त्यो पानी प्रति डाहको सम्झनाले सताउछ|जताततै खुसियाली र हर्सुल्लस लिए सरद आउछ अनी तिमीसँग दोहोरी पिङ खेल्दा तिमिडरले आखचिममा गर्दै चिच्यएको सम्झना आउछ |ती रात बिरात निस्फिक्री हातेमालो गर्दै प्रित साटासाट गर्दाको त्यो खुशी ,हेमन्तको सुरुवात संगै बिहानीको घाम ताप्ने बाहनामा कौसिमा निस्की तिमिआउने बाटोतिर आँखा छरी प्रक्तिछ्य गर्दाको त्यो सम्झना सिङारियेका युगल जोडी देख्दा आँखै आँखा ले बार्तालाब गर्दाको त्यो मधुर मिठो अनुभुती को सम्झना|जब सिसिर रितुले जताततै फुस फुस तुसारो चर्न थाल्छ घुम्लुङ हुस्कु ले घरहरु धाक्नथाल्छ अनी मलाई त्यो सुन्सान बिहानी को सिरेटो मा एउटै च्यादरमा बेरियेर,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जोडले धद्किरहेको तिम्रो धुक्धुकीको चाल अनी तिम्रो त्यो सासको न्यानु ले भित्री मन्मा तरङ मच्चौदा को अनुभुतीको सम्झना ले सतौथ्यो यसरी नै समय चलिरहन्थ्यो रितुहरु फेरिदै जान्थे र पर्तेक रितुहरुले कही मीठा त कतै नमिठा सम्झनाहरु दियेर जान्थे |तर आज मेरो समय फेरियेकोछ रितु हरु नत आउछन नत जान्छन घाम ताप्ने बाहना मा यस कौसिमा बसी तिमी आउने बाटो तिर आँखा छरी प्रतिक्ष्या गरेको बर्सौ भयी सक्यो ठुलो पावर वाला चस्माको नेपथ्य बाट यी तिरिमिरी आँखा तिमी आउने बाटोमा छरी आज पनि तिम्रो प्रतिक्ष्या गरिरहेछु गरिरहेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *