नया देशभित्र मेरो गाम खोज्नु छ
भारि तारी बिसाउने ठाम खोज्नु छ !
जन्म जन्म बराजुको दास भइयो
आफ्नै माटो भित्र अब काम खोज्नु छ !
फेरि रातो किताबमा के के लेखियो?
छ कि छैन गरिबको नाम खोज्नु छ !
त्रासदीमा पीडाहरु धेरै सहियो
अब निलो आकासको घाम खोज्नु छ !
भोको पेट पटुकिले कस्दै हिडियो
पसी अब मझेरीमा माम खोज्नु छ !
शरण आँसु
पोखरा
