Skip to content

नेपाललाई सुन्नु पर्यो

नेपाललाई सुन्नु पर्यो
तिनलाई दुख्दा रुनु पर्यो!

नेपाललाई पिरतीको
पियुषले धुनु पर्यो !

दासताको दाम्लो अब
सबै मिली फुनु पर्यो !

नालापानी सम्झिएर
सुनपानी छुनु पर्यो !

सबैभन्दा प्यारो अब
राष्ट्रियता हुनु पर्यो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *