कोमल मनमा हिलो भर्दिन्छन कोही मान्छे
हिड्ने बाटोमा काडा छार्दिन्छन कोही मान्छे
सम्हालेर राखेको मन पोख्दाखेरि दुख्छ भने
दुखाईदिने अर्को गल्ति गर्दिन्छन कोही मान्छे
जीवनभरि खियाएर के पायो र ? त्यो डुंगा
किनारमा पारि छोडी तर्दिन्छन कोही मान्छे
बेइमानी यो मौसमको मार बदलिएछ कि ?
खडेरीमा वर्षात बनि झर्दिन्छन कोही मान्छे
संघर्षको जीवन जिउन नचाहने झुट बोल्छ
नपाएमा रुपसी जून मार्दिन्छन कोही मान्छे
