Skip to content


र उसैगरी किन आउँदैन
उनीहरूलाई १०४ को ज्वरो ?
जब हेर्छु बाबाको अनुहार
चिम्सा आँखाहरूले लुकाउन
सकेका छैनन् आँसुका भुल्काहरू
हजुरआमा उनको प्यारो दम
खोकिलामा उसैगरी च्याप्दै बसेकीछिन्
आमाको पटुकीमा जहिल्यै बेरिएर बसेकोछ
अभावको विषालु गोमन
हजुरबाबा हुक्काको ट्वारट्वारले कहीँ सन्तोष दिन्छ कि
अनौठो खोजमा छन्
थाहा छैन जीवन भत्किएर उडेको यो धूलो
हावाले कुन सहर बोक्दै लैजान्छ ?
थाहा छैन जीवन मक्किँदै र्झन लागेपछि
यसको जीर्णोद्धार हुन्छ कि हुन्न ?
म छोरो कुनै एक कुनामा बसेर हस्तमैथुन गरिरहेछु
र यसैले दिएको छ
अजीवको राहत
जुन कुनै सरकारले मेरो घरको आँगनमा ल्याएको
राहतको प्याकेजभन्दा निकै शक्तिशाली छ
सधैँ किन यही गाउँको बाटो ओहोरदोहोर गर्छ
कालले जिस्काउँदै कहिले ज्वरो बोकेर ल्याउँछ र फ्याँकी हिँड्छ
कहिले पखाला थाहै नदिई पानीको मुहानहरूमा छरी हिँड्छ ?
कहिले खोकी कहिले खडेरी वा उसलाई थाहा छ
यहाँ मान्छेहरू बाँच्न हरेकक्षण प्रयत्नशील छन्
यो देशको प्रमुखलाई किन आउँदैन कहिल्यै १०४ को ज्वरो ।

हेटौँडा, मकवानपुर

मधुपर्क २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *