Skip to content

दुई वर्षमा संविधान वनाउने वाचा

  • by


दुई वर्षमा संविधान वनाउने वाचा
खादै हाम्रा नेताहरू संसद भवन गाका

गोप्य सल्लाह पहिले गरे म्याद लम्व्याउने
नभ्याएको बहानामा दाह्रा ङिच्याउने ।

छ महिनामा भ्याउछौ भन्दै अर्को म्याद थपे
गाँड कोराकोर वहानामा त्यसलाई पनि सके ।

निर्लज्ज भै फेरि पनि अर्को म्याद पो थपे
यसभित्र नि बनाउँदैनन् बोले मैले सत्ये ।

यसैगरी झुक्याएर बर्षौँ खान्छन् यिनले
देश डुवेर कङ्गाल हुन्छ विदेशीको ऋणले ।

जनता जागे केके होला हेर्नु इतिहासमा
मकै पिस्दा घुन पिसिन्छ हेक्का राख्नु मनमा

ओलाङचुङगोला, संखुवासभा
मधुपर्क २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *