Skip to content


कहिले माया गरे जस्तो कहिले गर्छौ हेलाँ
तिम्रो मनले साचो माया कहिले बुझिदेला

जति हिड्छु उति चल्छ ठुलो आँधीबेहरी
बतासिँदै कति उडुँ जीवन धुलो सरी
गन्तव्य छ धेरै टाढा थाकिसकेँ आज
जीवन मेरो घुमिरहेछ भुमरीको माझ

बगरका बालुवाभन्दा रुखो मेरो जीवन
सुखी बाच्ने चाहना मै ढल्किसक्यो यौवन
कति म आशु पिऊँ आँसु रित्तिइसक्यो
भन म कसरी जिउ मुटु चिरिसक्यो

शब्द – शंकर प्रेरणा
स्वर – जीतेन राई / राजेन्द्र
जीवनको परिवेश (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *