आज फेरि सम्झनामा तिम्रो लागि रोएँ
छिट्टै भेट होस् भन्दै देवता भाकी रोएँ
के भो निदरीमा जम्मै हिजो आइदियो
ब्यूँझेपछि झिसमिसेमा सपना साँची रोएँ
कस्तो हो यो सम्बन्ध त अनि के हो माया
जति भुल्न खोज्छु उति याद टाँगी रोएँ
साथ हो यो सबैभन्दा ठूलो जिउने आधार
त्यही साथ पाउनलाई भिक्षा मागी रोएँ
