आज फेरि सम्झनामा तिम्रो लागि रोएँ
छिट्टै भेट होस् भन्दै देवता भाकी रोएँ

के भो निदरीमा जम्मै हिजो आइदियो
ब्यूँझेपछि झिसमिसेमा सपना साँची रोएँ

कस्तो हो यो सम्बन्ध त अनि के हो माया
जति भुल्न खोज्छु उति याद टाँगी रोएँ

साथ हो यो सबैभन्दा ठूलो जिउने आधार
त्यही साथ पाउनलाई भिक्षा मागी रोएँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *