Skip to content


इतिहासको भित्ता फोरेर जन्मिएको हुँ
नेपाल देशको खप्परको गिदीको टुक्रा हुँ
नेपाल देशको मस्तिष्कको विचार बीऊ हुँ
सयौं सपनाहरूको गर्भबाट विच्छेद भएर
पुनः जन्म लिएको एक सिद्धान्त हुँ
मेरो साइनो छैन कार्लमाक्र्ससँग
मेरो साइनो छैन लेनिनसँग
न त छ माओसँग
म पृथ्वीनारायणको फन्को लगाउँछु
मेरो देशको शरीर
मेरो शरीर हो
देशको शरीर टुक्रियो भने
म पनि टुक्रिन्छु
मैले देशको आँखा भएर हेर्न पाउनुपर्छ
मैले देशको खुट्टा भएर हिँड्न पाउनुपर्छ
उमेर उमालेर गिलासमा
म बलभद्रको भ्रूण भएर उम्रिएको छु
मेरो गाउँमा आउने छैनन्–मार्क्स
पृथ्वीनारायण आइरहन्छन्
बारम्बार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *