जोवन अधुरो प्रीत गीत रहेछ जसले हँसायो रूवायो उसैले
जीवन मधुरो संगीत रहेछ जसले हँसायो रूवायो, उसैले।
मलाई त लाग्छ कहीँ गैरहेछु तर छैन थाहा कहाँ गैरहेछ
जीवन मसँग परिचित रहेछ जसले हँसायो रूवायो उसैले।
यता रात पर्दा उताको बिहानी नजानी नजानी बित्यो यो जवानी
जीवन भनेको हारजीत रहेछ जसले हँसायो रूवायो उसैले।
कहिले अँध्यारो उज्यालो, कहिले उकालो, कहिले ओरालो,
जीवन तुँवालो त्यो अतीत रहेछ जसले हँसायो रूवायो उसैले।
थियो जे हिजो र त्यही आज छैन जे जे छ यो आज तर हुन्न भोलि
जीवन ठटेउलो मन मीत रहेछ हँसायो रूवायो उसैले।
रामबहादुर पहाडी
हात्तीगौँडा।
