Skip to content


पारिको रामचरन आलु–प्याज बेच्न सधैं वारि गाउँ आउँथ्यो। दिनभरि डुलाई–कराई बेचेर साँझ अलकिता नेपाली कोसेलीको तागत हुलेर ऊ फर्कन्थ्यो। सीमाबाट झण्डै ४/५ किलोमिटर भित्र पर्ने त्यो नेपाली गाउँ–बजारकाले “आ…….लु, प्या…….ज !”भन्ने उसको धोद्रे स्वर घरभित्रैबाट पनि चिन्दथे।

ऊ भन्नु आलु प्याजसहित एउटा पुरानो साइकल। ऊ चिन्नु कल्साउँदो पातलो शरीरको ४० हाराहारीको उमेर र आफ्नै पाराको व्यवहार। ऊ बुझ्नु यीसँगैको दैनकिीमा गाउँको एउटा अतिरिक्त परिचय। भाषामा ऊ “नहीं आता है” भनेर खिस्स हाँसो फाल्थ्यो।

धेरै गाउँघरमा उसका आलु–प्याज पाक्छन् तर सँगै अरु कुरा पनि पाकेका छन् गाउँमा। मनहरुसहित त्यसमा पर्छन्– उसका कपाल र गाउँलेका कपाल। चिप्लिँदो समय र फुत्किँदो भविष्य। गाउँको बजारमा।

त्यस दिन स्कूल जाने रुबिना बाटामा मात्र के पुगेकी थिई अर्कोतिरबाट जुझ्दै गरेका दुइटा कुकुरले झ्वाट्टट्ट बाटो काटे। रामचरनको लर्खराउँदो साइकलले रुबिनालाई ठोक्कायो। ऊ पछारिई। निधारमा सानो चोट लाग्यो।

मानिसहरू हुरुरु निस्किए बाटामा।

आत्तिएकी रुबिनाकी आमा उम्लिइन्– “ए भैया क्यों ठोक्काया ?”

पसले छिमेकी कस्सियो– “ए पकडो ! दबाई–पानी करो !”

स्कूल हिँडेका शकि्षकले अथ्र्याए– “होशियार होना चाहिए। रास्ते में बच्चे हो ते हैं।”

कहींबाट आइपुगेका राजनीतकि कार्यकर्ताले झपारे– “गडबडी की तो आना–जाना बन्द हो जायेगा।”

भीडका भलाद्मीले भूमकिा खोजे– “वास्तवमे क्या हुआ है ?”

यत्तकिैमा प्रहरीको जीप आएर घच्याक्क रोकियो। गाडीबाट ओर्लेर त्यो वस्तुस्थिति छामेपछि प्रहरी निरीक्षकले

आदेश ओकले– “ए चलो, चलो। जो हो गा आगे बतायेंगे।”

स्तब्ध वातावरणमा एकछिन बोलीहरू बिर्सिए। अलि ढिलो आइपुगेको गाउँले सन्तेले सोध्यो– “होइन, यो आलु–प्याज बेच्नेसँग हाम्रै बजारमा सबै हिन्दी बोल्छन्। के भा को, मैले बुझेन।”

त्रिभुवनबस्ती–१, कंचनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *