Skip to content


सल्किएको सलाइ झैँ छोटो जिन्दगानी
बाँचुञ्जेल रमाइलो मरे त कहानी

लोभी आँखा मानिसको पापीहुन्छ मन
आफ्नो स्वार्थ पुरा भए भुलिदिन्छ गुन
विपत्तीको दुखी जीवन बिर्सिदिने बानी
बाँचुञ्जेल रमाइलो मरे त कहानी

खाली आयो यो माटोमा खाली हात जानु छ
तिम्रो मेरो झैझगडा मरी के लानु छ
अजम्बरी जस्तो जीवन सम्झिदिने बानी
बाँचुञ्जेल रमाइलो मरे त कहानी

शब्द – शंकर प्रेरणा
स्वर, संगीत – प्रदीप देवान
एल्बम – जीवनको परिवेश (गीति एल्बम)

Leave a Reply

Your email address will not be published. Required fields are marked *