Skip to content

बग्दै बग्दै जाने छोरासँग


ढुङ्गो बनाएर एउटी आमाको मुटु
पानीमा बगाइदिएकी छु
मेरो खुसी / मेरो प्राण / मेरो सपना
जानू, बग्दै बग्दै जानू
जहाा माटो भेटिन्छ, त्यहीा टक्क अडिनू
र समाधिस्थ हुनू

जीवनभरि माटोसागै खेले पनि, माटोमै हुर्किए पनि
हामीसाग आफ्नो भन्ने
माटो नै कहाा थियो र तालाई गाड्नू ?
तैंले नाङ्गैभुतुङ्गै खेल्ने ऐलानी आागन
सरकारको थियो
तेरो बाबुले बर्खामा जोतेर
हिउादमा धानको सिला खोज्ने गरेको खेत
मालिकको थियो
हामीसाग माटो त त्यति मात्र थियो
जुन श्रमको पसिनासागै
हाम्रा आङमा टाास्सिएर आएका थिए

आज बाढी बनेर आएको आासुका भेलमा
ती माटोलाई पनि खलल्ल पखालेर
अचानोमा राखेर आफ्नो मुटु तालाई बिदा गर्दैछु
जानू खुसीले जानू
जहाा माटो भेटिन्छ त्यहीा टक्क अडिनू
र समाधिस्थ हुनू ।

अनियन्त्रित छाल भएर आइरहेछन्
ता जन्मनुअघि र पछिका सम्झनाहरू
ता जन्मिएको दिन नेपाल बन्द थियो
अस्पताल बन्द थियो
हड्तालमा थिए डाक्टरहरू
एक हप्तादेखि काम नपाएर
सुत्केरी उकास्न नसक्नुको पीडामा
झोक्राइरहेको तेरो बाबु
थचक्क घर छेउको खेतको आलीमा बसेर
क्वााक्वाा रोइरहेको थियो
र भगवान् भनाउादो ढुङ्गोसाग
तेरो सुखद आगमन र मेरो सुस्वास्थ्यको
प्रार्थना गरिरहेको थियो
घाम र पानी दुवैले पोल्ने र रूझाउने
घर नामको एउटा सानो टहरोमा ता जन्मिएको थिइस्
त्यहीं मालिकको घरको
उब्रिएको जुठो र बासी भात खाएर
उक्सिएकी थिएा म सुत्केरी
सुत्केरी भएको दिन मात्र एक दिन चिसो कुनामा
एक मुठी सन्ठी र एक मुठा पराल बालेर
सेकाएकी थिएा आफ्नो चिसिएको आङ
तातो पानीलाई तेल बनाएर दल्दै
तङ्ग्राएकी थिएा आफ्नो शरीर

तालाई जीवनको गहिरो नदीमा
डुबुल्की मार्न सिकाउादा सिकाउादै
तैरिन सिकाउादा सिकाउादै
आफ्ना इन्द्रेनी सपना डुबाएर स्तब्ध छु
खुसी डुबाएर स्तब्ध छु
ता यो देशमा दु:खै पाउन त आएको थिइस्
दु:खै पाएर गइस्
जानू….., तैंले पानीमा खेलेका कागजका नाउजस्तै
कतै नडुबी बग्दै बग्दै जानू
अदृश्य बग्ने बतास र समयजस्तै सुस्तरी बग्दैवग्दै जानू
तालाई बेरेर बगाउन पनि मसाग
यो लाएको झुत्रो साडीबाहेक केही थिएन
जुन साडीको रङ
कुनै राजनैतिक दलको झन्डासाग मिल्दैन
हाम्रा पसिना, आासु र जीवनसाग मिल्दैन
तथाकथित समानता, आरक्षण र स्वतन्त्रतासाग मिल्दैन
त्यही साडीलाई च्यातेर
तेरो अगाध मायालाई टपक्क निकालेर मुटुबाट
यो धमिलो पानीमा बगाइदिएकी छु
मेरो खुसी / मेरो प्राण / मेरो सपना
जानू, बग्दै बग्दै जानू
जहाा माटो भेटिन्छ त्यहीा टक्क अडिनू
र समाधिस्थ हुनू ।

प्रकाशित: भाद्र १७, २०७४

http://kantipur.ekantipur.com/printedition/news/2017-09-02/20170902092259.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *