Skip to content

रुपान्तरणको लागि मन्चित नाटक


उ पात्र, म दर्शक
मन्चन भई रहेको छ, दर्शन भईरहेको छ

म दर्शक,
रङगीन रहर र इच्छाहरुमा घात देख्न्ने अनी स्वार्थ देख्न्ने म दर्शक
रङग प्रतिको आस्था र विश्वाश हटेर कालो र सेतोको सादा बहावमा रमाउने प्रयास गरिरहेको म दर्शक

उ पात्र,
रङगीन नाटकको एउटा मुख्य पात्र उ
हुन सक्छ उ ठान्दैछ म उसको लक्षित दर्शक
मेरो कालो र सेतोको सादा गणितमा
उ पस्किन खोज्दैछ
त्यो घात र स्वार्थको रङगीन बिजगणित
सहीरहेको छु उ पात्रको लगातारको आक्रमण, प्रतिबाद छैन
सँख्यात्मक रुपमा उ पात्रको प्रभावमा रुपान्तरीत हुनेहरु म जस्ता धेरै छन त्यसैले प्रतिबाद्को अर्थ रहेन
एकोहोरो घात र स्वार्थको पक्षमा मन्चित रङगीन नाटक हेर्दिन भन्नुको बिकल्प छैन
म मुक: बनेर नाटक मुल्याङ्कन गर्दै छु
अबिरल प्रयत्न गर्दै छ उ
मेरो सादा आवरणमा
पोख्दै छ उ आफ्नो प्रखर अभिनय

म कता कता सोच्न पुग्छु , कतै म मा मेरो आफ्नो अठोटको कमी भएको त होइन
कतै प्रतिबाद्को महत्व मैले बिर्सेंको त छैन
र प्रतिफल म चुपचाप मुकदर्शक बन्दै छु
कतै म पनि बिस्तारै बिस्तारै त्यही घात र स्वार्थको रङमा रुपान्तरित हुन खोजी रहेको त छैन
एउटा अर्को पुनराव्रित्ती बनेर

प्रश्न यो निकै सताउछ मलाई,
निरक्र्यौल भेटदिन प्रश्न भित्रै अल्मलिरहेको छु
प्रश्न भित्रै रुमल्लिरहेको छु
रुमल्लिरहेको छु

DXB
northdj777@gmail.com

11 thoughts on “रुपान्तरणको लागि मन्चित नाटक”

  1. Kabita ko bimba haru ramro
    Kabita ko bimba haru ramro cha , bimba bhayeko kabita ra roopwan sundar yuwati sarai man parcha malai.
    Nice kabita except last , second last and 5th last line.

  2. के हो ध्रुब सर्, जहिले पनि
    के हो ध्रुब सर्, जहिले पनि दुखी कबिता हरु मात्रै , एसो रमाइला कबिता हरु पनि लेख्नुहोस्,. ……Kanchan

  3. के हो ध्रुब सर्, जहिले पनि
    के हो ध्रुब सर्, जहिले पनि दुखी कबिता हरु मात्रै , एसो रमाइला कबिता हरु पनि लेख्नुहोस्,. ……Kanchan

  4. Nice explode from the hurtful
    Nice explode from the hurtful heart ….Hold and hold till the end and catch the gold…cautious not to catch rollgoll…..So hold the soul….Be a model role….and hold the soul,,,

  5. Nice explode from the hurtful
    Nice explode from the hurtful heart ….Hold and hold till the end and catch the gold…cautious not to catch rollgoll…..So hold the soul….Be a model role….and hold the soul,,,
    Mohammed Noor Sheikh
    Damauli,Tanahun

  6. Hi bro,
    ke ho kabita ta

    Hi bro,
    ke ho kabita ta jadainai marmik ani bhabukta chha ni katai kasailai kehi sandesta didai ta haina?
    ur fan,kali

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *