Skip to content

तिमी लाई

दिउ दिउ लागिरहन्छ यौबन को छाल तिमीलाई
फालु फालु लागि रहन्छ मायाको जाल तिमीलाई

तिम्रै यादमा तद्पिन्छु हर घडी मता अचेल
बताइदिउ झै लाग्छ मनको हाल तिमीलाई

यौबनको तरेलिमा जोडी ढुकुर घुमे जस्तो
घुमाइ दिउ झै लाग्छ रारा ताल तिमीलाई

दु:ख कस्ट टाढा रहोस् सधै तिमी देखी
सुखी खुशी देख्न पाऊँ सधैं तिमीलाई

मेरो यही कामना छ जुनी जुनी बाच्नु
लैजान नआओस कहील्येही काल तिमीलाई

योग राज

Leave a Reply

Your email address will not be published. Required fields are marked *