Skip to content

कोही अछुतो हुन्न

सानो जात पर बस भन्ने गर्थ्यो पहीले
तिम्रो घर मा भान्सा लाउन आउने भाछु अहीले
चाड बाड पूजा आजा शुभ बिभाह मा
बस्नु पर्थ्यो अलगै तिम्रो निगाहा मा
भोज भतेर मा जहीले पनि एक छेउ मा राखी
पर बस अछुत तिमी भन्ने गर्थ्यौ साथी
मैले छुंदा सबै थोक हुने भो अछुतो
हेरी राख अब तिमलाई लाग्ने छ पछुतो
काट्दा खेरी खुन आउछ तिम्रो जस्तै मेरो
किन अलग बनायौ त्यो पानी को पधेरो
अब हेर अत्याचार ले सिमा नाघी सक्यो
पालो अब मेरो आयो समय बद्ली सक्यो
अब मैले पकाउने छु भतेर को भात
त्यहि खाना खानु पर्छ सबले एक साथ
सानु जात ठुलो जात भेद भाब हैन
छुवा छुत् लाई नलत्याए उपाए नै छैन
मिल्नु पर्छ सबै एउटै मानिस हौ हामी
के को बाहुन के को छेत्री के को कामी,दमाइ
एउटै आमाका छोरा छोरी नेपाली हौ हामी
छुवा छुत् को भेद भाब राखी नबनौ बद् नामी
प्रेम, दुबइ
yograj_8967@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *