सयौं फूलमा गुलाब नै मन पराए झै लाग्यो
भमरा झै भुन-भुन भुन-भुन कराए झै लाग्यो
बेली र चमेलीको बास्ना थाहा नपाई
नजिक नआई टाढैबाट डराए झै लाग्यो
फक्रिसक्यो सयपत्री ज्ञानथुङ्गाको बिचमा
भेट्नै नपाई अन्तैतिर हराए झै लाग्यो
रङ्गी-चङ्गी फूलसँग भेटै हुन नपाई
एउटै फूलले त्यो मनलाई भराए झै लाग्यो
हात समाई नजर जुधाई अंकमाल गरी
फुलै फूलको आगमन गराए झै लाग्यो
प्रेम
दुबइ
