
समयको शिशिरमा शीत भै खस्न सक्छु
समयकै जहरले तिमीलाई डस्न सक्छु !
समय नि यति सार्है रोकिएर बग्यो भने
समयकै रहरले तिमीलाई कस्न सक्छु !
सपनीमा आज पनि धेरै बर्बराई रहें
नजाने यो अँधेरीकै समयमा पस्न सक्छु!
के को भर हुन्छ तिम्लाई यसरी नै मरें भने
समयको तिखो छुरा तिमीलाई धस्न सक्छु !
समयको आँखाबाट आँसु त्यसै बगे पछि
एकोहोरो जिन्दगानी दुखाएर बस्न सक्छु !

यसलाई रुवाई’ भनेर पनि म
यसलाई रुवाई’ भनेर पनि म स्वीकार गर्न चाहन्छु ‘
सायद यो अवचेतन मनको रुवाई मेरो!
शरण आँसु
घुर्क्यांइ र थर्काइ
रुवाई पनि होला, तर घुर्क्यांइ र थर्काइ अलि बेसी निकै देख्छु है म त।
सुमन