Skip to content

समयको शिशिरमा शीत भै खस्न सक्छु


समयको शिशिरमा शीत भै खस्न सक्छु
समयकै जहरले तिमीलाई डस्न सक्छु !

समय नि यति सार्है रोकिएर बग्यो भने
समयकै रहरले तिमीलाई कस्न सक्छु !

सपनीमा आज पनि धेरै बर्बराई रहें
नजाने यो अँधेरीकै समयमा पस्न सक्छु!

के को भर हुन्छ तिम्लाई यसरी नै मरें भने
समयको तिखो छुरा तिमीलाई धस्न सक्छु !

समयको आँखाबाट आँसु त्यसै बगे पछि
एकोहोरो जिन्दगानी दुखाएर बस्न सक्छु !

2 thoughts on “समयको शिशिरमा शीत भै खस्न सक्छु”

  1. यसलाई रुवाई’ भनेर पनि म
    यसलाई रुवाई’ भनेर पनि म स्वीकार गर्न चाहन्छु ‘
    सायद यो अवचेतन मनको रुवाई मेरो!
    शरण आँसु

  2. घुर्क्यांइ र थर्काइ
    रुवाई पनि होला, तर घुर्क्यांइ र थर्काइ अलि बेसी निकै देख्छु है म त।
    सुमन

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *